इटहरीबाट धरानतर्फ जादैँ गरेको सवारी हलगडामा दुर्घटना भएको छ ।
इटहरी २ हलगडा स्थित कोशि लोकमार्गमा इटहरीबाट धरानतर्फ जादैँ गरेको प्र १–०२–०४० प १३५९ नं. को मोटरसाईकलले सडकको बीचमा रहेको डिभाइडरमा ठक्कर दिदाँ एकजना गम्भीर घाईते भएका हुन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार खोटाङ फेदिटार १० घर भई इटहरी १७ मा कोठाभाडामा बस्दै आएका बर्ष ३५ को भीमन राई गम्भीर घाइते भएका छन् ।
उनको उपचारका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
Discussion about this post