वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बेलबारीका ७६ बर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
प्रतिष्ठानको सूचना केन्द्रका अनुसार उनको हिजो राती साढे ९ बजे मृत्यु भएको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
कोभिड अस्पतालमा मंसिर २ गते भर्ना भएका मृतकलाई ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
Discussion about this post