इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
को २ च १५ नम्बरको पिकअप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ भने एकजना गम्भीर घाईते भएका छन ।
माई नगरपालिकाबाट सामान लिई गएको पिकअप फाकफोकथुम गाउँपालिका ५ लुम्देबाट फर्कने क्रममा थुम्कीडाँडावाट ५ सय मिटर तल खस्दा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा माई नगरपालिका ९ वोरुङका बिमल भनिने दिनेश लिम्बु र ईलाम नगरपालिका ११ सोयाक निर्फुकका नवीन वुलुन रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाईते भएका माई १ का विकास तामाङलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
Discussion about this post