प्रदेश १ मा आज थप ९२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका मध्ये झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरङको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५३३ पुगेको छ ।
त्यस्तै, प्रदेश १ मा आज ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४२७ पुगेको छ ।
Discussion about this post