गायक सुशील भट्टराई र गायिका श्रेया राईको स्वरमा रहेको पूर्वै इटहरी तिमीलाई मन पराउँछु भनुँ कसरी गीत सार्वजानिक भएको छ ।
पूर्वको इटहरीमा रहेर सांगीतिक क्षेत्रमा भविष्य खोज्दै गरेका गायक तथा एरेन्जर सुशील भट्टराई तथा भ्वाइस अफ नेपाल पहिलो सिजनबाट अन्तर्राष्ट्रिय जगतसम्म आफ्नो नाम चिनाउन सफल गायिका श्रेया राईको स्वरमा रहेको उक्त गीत सार्वजानिक भएको हो ।
सुशील र रूद्र श्रेष्ठको शब्द रहेको उक्त गीत सुशील आफैँले एरेन्ज गरेका हुन् । गीतमा संगीत रूद्र श्रेष्ठको रहेको छ ।
इटहरीको पूर्वाञ्चल डिजिटल स्टूडियोमा रेकर्डिङ गरिएको गीतमा बालापन र स्कूल पढ्दाको मायासंग धेरै पछिको भेट हुँदाको अवस्था र प्रेम सम्बन्धका बारेमा चर्चा गरिएको छ ।
भिडियो
Discussion about this post