उदयपुरको बेलका स्थित सव डिभिजन वन कार्यालयका बन रक्षकको बन्दुकको गोली लागेर मृत्यु भएको छ ।
बन रक्षक दुहवीका ४० वर्षीय लेखनाथ बास्तोलाको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बन रक्षक बास्तोला बुधबार राती जंगलमा गस्ती गर्न गएका थिए । गस्तीका क्रममा फेला परेको लोड गरिएको भरुवा बन्दुक लिएर उनी राति १० बजेतिर कार्यालय फर्किएका थिए ।
बनकै गाडीबाट बन्दुक निकाल्ने क्रममा बेलका नगरपालिका–१ स्थित वन कार्यालयको गेट अगाडि बन्दुक पड्किँदा उनको छातीमा छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post