सुनसरीको इटहरीबाट सञ्चालित एरिना टेलिभिजनले नगरपालिका गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण गर्ने भएको छ ।
कोरोनाको कारण खेल क्षेत्र प्रभावित भएको र यसको असर कायमै रहेपनि खेल क्षेत्रलाई चलायमान बनाई राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक समितिले जानकारी दिएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डमा रहेर प्रतियोगिता आयोजना गरिने बताइएको छ । पहिलो संस्करण रात्रीकालीन सम्पन्न गरको आयोजक एरिना टेलिभिजनले अब दोस्रो संस्करण दिवामा गर्ने जनाएको छ । प्रतियोगिता पुषको तेश्रो साताबाट सुरु हुनेछ ।
प्रतियोगिताको बिजयीलाई नगद एकलाख र उप–बिजेतालाई नगद पचास हजार राशि रहेको छ ।
Discussion about this post