तरहरा : एकै परिवारका तीनै जना छोराछारीलाई एउटै रोगले सताएपछि आर्थिक समस्याले बिचल्ली परेका परिवारलाई लायन्स फुड बैँक इटहरीले सहयोग गरेको छ ।
संङ्खुवासभा चैनपुर २ घर भई हाल इटहरी १९ मा कोठाभाडामा बस्दै आएका अमृता राईको परिवारलाई खाद्यन्न तथा न्यानो कपडा सहयोग गरेको हो ।
एकै परिवारका तीन जनालाई एउटै रोगले थला पारेको र त्यही रोगले ठूली छोरीको गत वर्ष मृत्यु समेत भएकाले परिवारजनमा समस्या चुलिदैँ गएको थियो ।
अन्य एक छोरा र एक छोरी पनि शारीरिक रुपमा कमजोर छन् । खान, बस्न र औषधि अपचार गर्न समस्या भएको भन्दै लायन्स क्लब तरहराका अध्यक्ष दुर्गाप्रसाद पौडेलको समन्वयमा फुड बैँक मार्फत सहयोग गरेको हो ।
चामल, दाल, नुन, तेल, साबन, न्यूटोला लगायतका खाद्यन्न सामाग्री तथा न्यानो कपडा समेत वितरण गरिएको थियो ।
शरीरभित्र मुटु, कलेजो, जस्ता माशंपेशीमा सियोले घोचे जस्तो गर्ने, पछि बाहिरी छालामा पनि घमौरा जस्तो फोका आउने समस्याले ग्रस्त उनीहरु दैनिक समस्यामा रहँदै आएका थिए ।
पीडितको सहारा जीतबहादुर
एउटै रोगले पीडित परिवारको सहारा बनेका छन् इटहरी १९ कै पूर्व भारतीय आर्मी जीतबहादुर लिम्बू । कोठाभाडा समेत तिर्न नसकेर समस्या परेका परिवारलाई अहिले उनले सहारा दिईरहेका छन् । आफ्नो शरीरको विरामसँगै आर्थिक अवस्थाले संकटमा परेको राई परिवारलाई उनले निःशुल्क कोठाभाडामा बस्न दिएका छन् ।
Discussion about this post