उदयपुर : उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गएराती बम विस्फोट भएको छ ।
चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् ।
‘बम बिस्फोट कसले गराएको भन्नेबारेमा अनुसन्धान भईरहेको छ,’ उनले भने, ‘प्रहरीको टोली घटनास्थल पुगेपछि सम्पूर्ण विवरण आउँछ ।’
Discussion about this post