सिओपिडी अर्थात् क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजले फोक्सोमा श्वासप्रश्वासमा अवरोध सृजना गरिरहेको हुन्छ ।
यो रोग लागिसकेपछि मानिसहरुमा श्वासप्रश्वासमा समस्या आउँछ । यसले क्रमशः विरामीको फोक्सो विग्रादै लैजान्छ ।
नेपालमा सिओपिडी हुनुमा धुवाँ, वायु प्रदुषण, धुम्रपान र वंशाणुगत गुणहरुले प्रभाव पारिरहेको आवस्था छ । नेपालमा प्रायः दाउरामा खाना पकाउने हुनाले पनि सिओपिडीको समस्या दिनप्रतिदिन बढिरहेको छ ।
विरामीले धूलोधुवाँसँग लामो समयमा बस्नाले फोक्सोका नलीहरु साँगुरिने गर्छन् ।
सिओपिडीलाई पनि रोकथाम गर्न सकिन्छ । यसका लागि मानिसहरुले वायु प्रदुषणबाट बच्नुपर्छ । र, धुम्रपानलाई त्याग्नु पर्दछ । सिओपिडीमा मुख्यतयाः मानिसमा स्वाँ–स्वाँ हुने, खकार निस्कने र खोकी लाग्ने हुन्छ । सिओपिडीले विरामीलाई निकै दुःख दिएको अवस्थामा औषधि दिने र खोपहरु लागाउनुपर्दछ ।
धेरै नै गाह्रो भएको अवस्थामा अस्पतालमा नै भर्ना भएर उपचार गर्न आवश्यक देखिन्छ ।
सिओपिडीका लक्षणहरु
– छिटो–छिटो सास फेर्न, कसरत गरेको बेलामा अलि बढी हुने
– खोकी र खकार संगै आउने र सजिलोसँग निको नहुने
– छातीमा संक्रमण हुने
– लगातार घाँटीमा खसखस हुने, छाती दुख्ने
– हरेक राती खकार निस्कने
– लगातार रुघाखोकी अन्य सास सम्बन्धि समस्या हुने
– कमजोर महसुस हुने
– श्वास फेर्दा छातीबाट घ्यार–घ्यार आवाज आउने
सुरुसुरुमा यस्तो लक्षण हप्ता वा अझै लामो अन्तरालमा एकपटक हुनेगर्छ । रोग जटिल हुँदै गएको खण्डमा दिनहुँजस्तो समस्या आइपर्ने हुन्छ । घ्यार–घ्यार जस्तैःखोकी र श्वास फेर्दा सुसेल्न खोजेजस्तो आवाज आउन सक्छ ।
सुख्खा खोकीको समस्या दिउँसोमा भन्दा बिहान र साँझ बितेपछि बढ्ता देखिन्छ । कसै–कसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्नेपनि हुन्छ ।
दम एलर्जीको कारणबाट सृजित रोग भएका कारण बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाच्छ्यूँ आइरहने पनि हुनसक्छ।
छाती कस्सिएजस्तो वा केही कुराले थिचिराखेजस्तो हुने, लामो श्वास तान्न खोज्दा र श्वास फाल्न खोज्दा बढ्ता गाह्रो हुने हुन्छ।
सिओपिडीका कारण
– अधिकांश विरामीमा चुरोट सेवनबाट यो रोग लाग्दछ ।
– घरमा दाउराबाट र वायुप्रदुषणबाट यो रोग लाग्छ ।
जोखिमहरु
– अत्यधिक चुरोट सेवन गर्नाले र चुरोट सेवन गर्नेको नजिक बसेमा
– धूलो र रसायनिक धूलोमा काम गरेमा
– इन्धनको धुवाँबाट नजिक बसेमा
सिओपिडीबाट कसरी बच्ने
– वायु प्रदुषणबाट बच्ने
– कार्यस्थलमा भएका रसायनिक टाढा रहने
– स्वस्थ जीवन शैली अपनाउने
– धुम्रपान नगर्न र टाढा रहने
सिओपिडी को उपचार पद्धती
– सिओपिडीको अवस्था पूर्ण रुपमा उपचार छैन । तर, यसलाई रोकथाम गर्ने र लक्षणलाई रोकथाम गर्ने धुम्रपा ननगर्ने
– औषधि प्रयोग
– अक्सिजन थेरापी
– सर्जरी वा फोक्सो प्रत्यारोपण
– नेबुलाइभर लिने
– डाक्टरको नियमित सम्पर्कमा रहने र उपचार गर्ने ।
(वरिष्ठ दम तथा छाती रोग विशेषज्ञ डा. गुप्ता नर्भीक अस्पतालमा कार्यरत छन् ।)
Discussion about this post