इटहरी : इटहरीमा रहेको मकालु मेडिकल हलले विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन सुरु गरेको छ ।
मेडिकलका प्रबन्ध निर्देशक सञ्जीव खड्काका अनुसार दैनिक विशेषज्ञ डाक्टरहरुद्धारा सेवा दिन सुरु गरिएको हो ।
प्रत्येक दिन विहान र बेलुका डा. निराजन खड्काबाट छाला तथा यौन रोग सम्बन्धि विशेषज्ञ सेवा दिईराखेको उनले बताए ।
त्यस्तै, प्रत्येक महिनाको दोस्रो शुक्रबार काठमाडौँको नर्भीक हस्पिटलकी डा. अविलाशा शाहबाट युरिक एसिड तथा बाथ रोग सम्बन्धि सेवा दिन सुरु गरिएको खड्काले जानकारी दिए ।
त्यस्तै, डा. प्रताप रोयबाट प्रत्येक हप्ताको शनिबार सुगर तथा थाइराइड सम्बन्धि सेवा दिदैँ आएको उनले बताए ।
थाइराइड जाँच गराउँदा ८ सय रुपैँया लाग्ने र अन्य सेवामा विशेष छुट दिदैँ आएको मेडिकलले जनाएको छ ।
Discussion about this post