विराटनगर : विराट आदर्श साहित्य मन्चको आयोजनामा ‘श्रष्टा र सिर्जना’ कार्यक्रम अन्तरगत मोरङको विराटनगरमा कविता वाचन तथा श्रष्टा सम्मान गरिएको छ ।
कार्यक्रममा कवि धीरज राई, विनय सरगम र दीपा दाहालले कविता वाचन गरेका थिए ।
कवि धीरज राईले ‘प्रेममा परेपछि’, ‘काठमाडौं स्केच’, ‘आमाको बारेमा’, ‘राष्ट्रबादीय संकट’ र ‘कस्सम’ शीर्षकका कविता सुनाएका थिए ।
कवि दीपा दाहालले ‘ओरालोमा खोज्दै जीवन’, ‘कोठा चाहिएको सूचना,’ ‘आदिवासी सत्य’, ‘आयुको सीमा रेखाबाट आँफूलाई एउटा प्रश्न’ र ‘रुमाल’ शीर्षकका कविता सुनाइन् ।
त्यस्तै कवि विनय सरगमले ‘काँडा’, ‘पर्खाइ’, ‘तिम्रो तस्वीर’ र ‘ढुंगा’ शीर्षकका कविता सुनाएका थिए ।
कार्यक्रममा गजलकार कविराज पोखरेल र कलाकार माया पौडेललाई सम्मानपत्र र दोसल्लाले सम्मान समेत गरिएको थियो ।
हरेक दुई महिनामा कार्यक्रम गरिदैँ आएको भएपनि कोभिडको कारण लामो समयपछि साहित्यिक कार्यक्रम आयोजना गरिएको र यसलाई निरन्तरता दिईने मन्चका अध्यक्ष दीपक कटवालले बताए ।
कार्यक्रममा सबिता श्रेष्ठले स्वागत मंतव्य राखेकी थिइन् । प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मन्चका संरक्षक मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post