Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
तरहरा : मझौरा टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
इटहरी १७ मा रहेको उक्त संस्थाको चौथो साधारणसभा विहीबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले टोल विकासले विकास निर्माणमा सकारात्मक भूमिका निर्वाह गरेको बताए ।
“सामाजिक गतिविधिमा सक्रिय रहेर संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु सकारात्मक हो,” चौधरीले भने, “महामारीको बीचमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गर्नु र शुलभ ब्याजदरमा ऋण लगानी गर्नु सकारात्मक हो ।”
संस्थाले विकास निर्माणका काममा पनि प्रभावकारी भूमिका निर्वाह गर्दै आएकाले उनले प्रसंसा गरे ।
कार्यक्रममा वडाध्यक्ष भगवानलाल शाहले उक्त टोल विकासले वडागत विकासका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उदृत गरे ।
“प्रत्येक वडामा रहेका टोल विकासले यही संस्थाले जसरी काम गर्ने हो भने विकासका काम गर्न सहज हुनेथियो,” उनले भने, “टोल विकास जति सक्रिय भयो, त्यती नै गाउँ समृद्व बन्छ ।”
आवश्यक परेको अवस्थामा गाउँमै सस्तो ब्याजदरमा ऋण लगानी गर्नु अर्को सकारात्मक पक्ष रहेको उनले बताए ।
संस्थाका अध्यक्ष सचिन कार्कीका अनुसार ४ वर्ष अगाडि चार हजार रुपैयाँबाट सुरु गरिएको उक्त संस्थाको हाल कुल पुँजी ८ लाख बढी रहेको छ ।
“त्यस समयमा सानो रकमबाट सुरु गरिएको संस्थामा हाल ८ लाख बढीको पुँजी भएको छ,” कार्कीले भने, “हामीले संस्थाको माध्यमबाट टोल निर्माणका लागि पनि काम गर्दै आएका छौ ।”
उनका अनुसार हाल संस्थामा १२० जना सदस्य रहेका छन् ।
Discussion about this post