Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
इटहरी : प्रदेश १ का आन्तरिक मामिला, कानुन तथा सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पुष्पकमल दाहाल प्रचण्ड सत्ता, शक्ति र सम्पतिका लागि जस्तो खेल पनि खेल्न सक्ने बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सुनसरीले इटहरीमा आयोजना गरेको विशेष कार्यकर्ता भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सकेत रहेका कार्कीले सो कुरा बताएका हुन् ।
प्रचण्डको राजनितिक इतिहाँस देखि आज सम्मको यात्रा हेर्दा सत्ता शक्ति र सम्पतिका लागि मात्रै राजनितिक गरेको बताए । उनले प्रचण्ड–माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा ९० दिन भित्रमा टुक्रिएर दुई वटा पार्टीमा विभाजित हुने बताएका छन् ।
प्रचण्ड–नेपाल पक्ष फेरि दुई पक्षमा टुक्रिने संकेत देखिइसकेको बताए ।
प्रचण्डले माधव कमरेडलाई अध्यक्ष बनाउँछु भनेर बोलाउनुभयो । तर, अहिले क.माधव उपाध्यक्षमा पुगिसक्नुभयो । यो कुरा पौष १५ गते ल्होसारको अवसरमा प्रचण्डको एकल हस्ताक्षरमा निस्किएको विज्ञप्तिले देखाइसकेको छ । यति मात्र होइन, केही समय अगाडि चीनबाट आएका कम्युनिष्ट नेताहरुलाई भेट्ने सन्दर्भमै पनि प्रचण्डको माधव नेपालसँग कुरा मिलेन । प्रचण्डले म पार्टीको अध्यक्ष हो म एक्लै भेट्छु भनेर चीनीयाँ टोलिसँग भेट्नुभयो । क.माधवले होटलमा त्यो टोलीसँग भेटवार्ता गर्नुभयो’, उनले भने ।
मन्त्री कार्कीले प्रचण्ड आरिसे स्वाभावको भएकाले नै कुनै पार्टीसँग एकता भएको लामो समयसम्म मिलेर बस्न नसकेको टिप्पाणी गरे ।
उनले पहिलो पार्टी अध्यक्ष र महासचिव ओलि समुहमा रहेकाले सुर्य चिन्ह र नेकपा नाम ओली समुह तिरै हुृने दाबी गरे यदि सुर्य चिन्ह ओली समुहको नभए कुनै समुहको पनि नहुने उनको तर्क थियो ।
सूर्य चिन्ह नभएको खण्डमा उदाँदो सुर्य चिन्ह लिएर चुनावमा जाने बताए । यस्तै कार्यक्रममा केन्द्रिय सदस्य तैयब हुसेनले सुनसरी जिल्ला ओलिमय भएको बताए । उनले प्रचण्ड र नेपाल समुहलाई सुनसरीमा आफ्नो पार्टीसँग चुनाव लड्न समेत चुनौती दिए ।
साथै सोही कार्यक्रममा अनेरास्वयियूको जिल्ला संयोजक र सहसंयोजक समेत हेरफेर भएको छ ।
<span;>केन्द्रबाट नेकपा फुटको संकेत देखिएपछि सुनसरीका तत्कालीन अनेराास्ववियू जिल्ला संयोजक जीबी जगल केन्द्रिय सदस्य भएसगैं ओली समुहले जिल्ला संयोजकमा रोशन रेग्मी र सहसंयोजक नवराज खड्कालाई चयन गरेको छ ।
Discussion about this post