सरकारको संसद विघटन बिरुद्धको आन्दोलनको क्रममा अनेरास्ववियू सुनसरीले इटहरीमा बयलगाडा सहितको प्रदर्शन गरेको छ ।
प्रचण्ड माधव समूहको नेकपा निकट अनेरास्ववियू सुनसरीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयको बिरोधमा ओलीको पुत्ला बयलगाडामा राखेर इटहरी परिक्रमा गराउदै बिरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा कार्यकतालाइ नेकपाका इटहरी अध्यक्ष बहादुरसिंह तामाङ्क ज्वाला, नेता मदन चुडाल, शिवनारायण चौधरी, भानु मैनाली, हेमसागर तिम्सिना लगायतले सम्बोधन गरेका थिए ।
Discussion about this post