नेपाली काँग्रेस रामधुनी नगरमा स्थानीय सामाजिक युवा प्रल्लाहद विष्टको नेतृत्वमा ५ दर्जन भन्दा बढि युवाहरु प्रवेश गरेका छन । नेकपा तथा अन्य पार्टी परित्याग गरि ती युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली काँग्रेस रामधुनी नगर कार्यसमतिले आयोजना गरेको कार्यक्रममा युवाहरु प्रवेश गरेको नेपाली काँग्रेस रामधुनीका नगर सभापति सुदिप अधिकारीले बताए । सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहेका युवाहरु पार्टीमा प्रवेश गर्दा आफुहरु थप उत्साहित भएको सभापति अधिकारी बताउँछन ।
नेपाली काँग्रेस रामधुनी नगरको सक्रियता बढे सँगै युवा पुस्ताहरु काँग्रेसमा आउने क्रम बढेको छ । युवा नेतृत्व रहेको रामधुनी कार्यसमितिको सक्रियता बढ्दै गएको छ ।
युवाहरुलाई पार्टी प्रवेश गराउँदै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सुनसरी सचिव केदार भण्डारीले पार्टीमा युवाहरुको भुमिका महत्वपूर्ण हुदै गएको बताएका थिए । नेपाली काँग्रेसले युवाहरुलाई सधै प्रथामिकताका साथ अगाडि बढाउने बताएका थिए ।
नेपाली काँग्रेस सुनसरीका सह सचिव नगेशचन्द्र राई लगायतका नेताहरुको उपस्थित रहेको थियो । पार्टी प्रवेश गरेका युवाहरुलाई तरुण दलमा समेटेर बलियो बनाउदै लौजाने रामधुनीका तरुण दल सभापति नगेन्द्र गुरुङले बताए ।
Discussion about this post