इटहरी १६ मा म्याजिक भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रदेश १–०२–००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२–०२० प ७१२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय पर्वतकुमार चौधरीको मृत्यु भएको हो ।
उनी रामधुनी नगरपालिका २ निवासी रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका २२ वर्षीय नवीन चौधरीको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post