भारतले अनुदानमा दिएको कोरोनाभाइरस विरूद्धको १० लाख डोज भ्याक्सिन आज बिहान काठमाडौं आइपुगेको छ।
आज बिहान ११–५३ बजे एयर इन्डियाको जहाजबाट खोप त्रिभुवन विमानस्थलमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।
भारतले दिएको खोप ४ लाख मानिसलाई लगाउने सरकारको तयारी रहेको छ । सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ।खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरू हुन्छ भन्ने अहिले सम्म खुलाइएको छैन।
नेपाल सरकारले अक्सफोर्ड अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।
भारतीय सञ्चारमाध्यमहरूले पहिलो चरणमा पठाइने खोप अनुदानमा दिइने र त्यसपछि पैसा लाग्ने उल्लेख गरेका छन् ।
Discussion about this post