इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ ।
वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामूहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।
तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्री बाटोहरु, चिल्डे«न पार्क, सामुदायिक भवन र दिना भद्रिको मठ समेत वनाइएको छ ।
इटहरी उपमहानगर प्रमुख द्धारिकलाल चौधरीले आँफू इटहरी उपमहानगर विपन्न जनताको हितमा गम्भीर रहेको बताए । जनताको आँगनमा खुशीयाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको उनको भनाई छ ।
वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अति विपन्न परिवारलाई ती घरमा राखिने बताईएको छ ।
Discussion about this post