झापामा खुकुरी देखाएर बस तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति को हुन् भन्ने अहिले सार्वजनिक गरिएको छैन । उनी विप्लव समुहको कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाको किरातचोकमा ३ जनाको समुहमा आएका व्यक्तीहरुले झापाबाट धरानतर्फ जादै गरेको बसलाई बाटोमा रोकेर खुकुरीसहित आएर उनीहरुले बसमा तोडफोड गरेका थिए ।
बा ४ ख ८८९७ नम्बरको बस उनीहरुले सिसा फुटाएका छन् भने बन्दको समयमा बस किन चलाएको भन्दै चालकलाई हप्काइ दप्काइ गरेको यात्रुहरुलाई उदृत गर्दै झापा प्रहरीले जनाएको छ ।
बस तोडफोड गर्ने अन्य २ जनाको पनि खोजी भइरहेको प्रहरीको जनाएको छ । नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको थियो । यद्यपि नेपाल भर सामान्यतय बस सवारी साधनहरु संचालनमा रहेका छन् ।
Discussion about this post