प्रदेश १ सरकारले पहिलो चरणमा ३५ हजारलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिने तयारी सुरु गरेको छ ।
सङ्घीय सरकारले प्रदेशमा करिब ३७ हजार खोप सोमबार पठाउँदै छ । १४ माघबाट प्रदेशका १४ वटै जिल्लाका ३५ हजार फ्रन्टलाइनरलाई खोप लगाउने तयारी सुरु गरेको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईंका अनुसार दश दिनभित्र ३५ हजार फ्रन्टलाइनरलाई खोप लगाउने कार्यक्रम छ ।
‘पहिलो चरणमा जिल्ला र क्षेत्रीय अस्पतालबाट खोप लगाउन सुरु गर्छौं,’ उनले भने, ‘दश दिनभित्र ३५ हजार पाँच सय जनालाई खोप लगाउने योजना छ ।’
Discussion about this post