सुनसरीको रामधुनी ६ स्थित भित्री सडक खण्डमा को २ त ३८८४ न. को ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोही ट्याक्टरको सहचालक स्थानीय २० वर्षीय फूलकुमार सरदारको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।
ट्याक्टरको पछाडिको ट्रलीको भागले किचेर गम्भीर घाईते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक स्थानीय २५ वर्षीय राजन सरदार प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Discussion about this post