Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
इटहरी (डेस्क) : डाक्टरलाई कुटपिट गरेको आरोपमा तरूण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाँटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल पक्राउ परेका हुन् । मोरङको सुन्दरहरैँचा घर भएका ४३ वर्षीय रिजाल विराटनगर बस्दै आएका छन् ।
रिजालको कुटाइबाट डाक्टर बस्नेतको शरीरको विभिन्न भागमा चोटपट लागेको छ ।
सामान्य विषयमा वादविवाद भई झगडा हुँदा रिजालले डाक्टरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । पीडित बस्नेतले दिएको जाहेरीको आधारमा प्रहरीले रिजाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । पक्राउ परेका रिजाललाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार ‘अभद्र व्यवहारको’ मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको एसपी खड्काले बताए ।
Discussion about this post