Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले देश संकटको संघारमा पुगेको बताएका छन् । इटहरीमा बुधबार कांग्रेस नेता कार्यकर्ता सँगको भेटमा बोल्दै उनले देश संकटको संघारमा पुगेको बताएका हुन् ।
“प्रधानमन्त्रीको तानाशाही शासनले गर्दा देश संकटको संघारमा पुगेको छ,” उनले भने, “नेकपाले घरायसी झगडा मिलाउन नसक्दा जनताले दु:ख पाइरहेका छन् ।”
संविधानमा प्रावधान नभएको कुरा प्रधानमन्त्रीले गर्नु अनुचित रहेको तर्क गरे ।
आगामी चुनावमा पार्टीले राम्रो मानिसलाई टिकट दिए बहुमत ल्याउने उनको दाबी थियो । कांग्रेसले अहिले सर्वोच्चको निर्णय पर्खिरहेको उनले बताए । देशको नेतृत्व गर्न आन्दोलन मात्रै गर्न आवश्यक नरहने उनले बताए ।
Discussion about this post