NOTICE
बकैया साहित्य महोत्सवको तयारी, धरानका भीम खतिवडा सम्मानित हुँदै - टाकुरा न्युज
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home कला साहित्य

बकैया साहित्य महोत्सवको तयारी, धरानका भीम खतिवडा सम्मानित हुँदै

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
मङ्लबार, माघ २०, २०७७
0
बकैया साहित्य महोत्सवको तयारी, धरानका भीम खतिवडा सम्मानित हुँदै

तस्वीरमा झरना साहित्यिक परिवार र बायाँ प्राडा भीम खतिवडा

15
SHARES
Share on FacebookShare on Twitter

झरना साहित्यिक परिवारले बकैया साहित्यिक महोत्सवको तयारी गरेको छ ।

२०५० सालमा मकवानपुरको साविक छतिवन गाविस, हाल बकैया गाउँपालिकामा स्थापना भएको उक्त साहित्यिक परिवारले साहित्यिक महोत्सवको आयोजनाको तयारी गरेको हो ।

स्थापना कालदेखि नै साहित्यिक कार्यक्रमहरू गर्ने र विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई साहित्यमा लाग्न प्रेरित गर्ने अभियानहरू सञ्चालन गर्दै उक्त संस्थाले आगामी फागुन १४ र १५ गते साहित्यिक महोत्सव आयोजना गर्न लागेको हो ।

पहिलो दिन फागुन १४ गते नवसर्जक बालबालिका विशेष रचना वाचन, पुरस्कार वितरण एवम् बहसमुलक कार्यक्रम आयोजना गर्ने तयारी रहेको छ । त्यस्तै, दोस्रो दिन फागुन १५ गते शनिबार स्रष्टा सम्मान, स्थानीय सांस्कृतिक नृत्य कार्यक्रमको आयोजना हुनेछ ।

नुरप्रसाद गौतमले स्थापना गरेको होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट नगद १५ हजार पाँच सय ५५ सहित अग्रज साहित्यकार, टाकुरान्यूजका सल्लाहकार, सुनसरी धरानका प्राडा भीम खतिवडा सम्मानित हुनेछन् ।

त्यस्तै, विनोद सुवेदीले स्थापना गरेको बाबुलाल–भोजमाया प्रतिभा सम्मानबाट नगद ११ हजार एक सय ११ सहित अग्रज कवि आरआर चौलागाई सम्मानित हुनेछन् । त्यस्तै, रमेशमोहन अधिकारीले स्थापना गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान बाट नगद ११ हजार एक सय ११ सहित अग्रज मुक्तककार ज्ञानुवाकर पौडेल सम्मानित हुनेछन् ।

त्यस्तै, अर्पणरदर्पण पराजुलीले स्थापना गरेको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मानबाट नगद ५ हजार पाँच सय ५५ सहित युवा साहित्यकार सुमित्रा सुमी सम्मानित हुनेछन् ।

त्यस्तै, राजन दङ्गालले स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट नगद ५ हजार पाँच सय ५५ सहित साहित्यकार रुकु कार्की सम्मानित हुने आयोजकले जनाएको छ । त्यस्तै, तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट नगद ५ हजार पाँच सय ५५ सहित मनहरी लामिछाने सम्मानित हुनेछन् ।

त्यस्तै बकैया गाउँपालिकाले स्थापना गरेको झरना–बकैया पत्रकारिता पुरस्कारबाट नगद ५ हजार पाँच सय ५५ सहित खेम बोलखे सम्मानित हुनेछन् भने चन्द्रकुमार राईले स्थापना गरेको झरना–बकैया नवप्रतिभा पुरस्कारबाट नगद दुई हजार ५ सय ५ सहित दीपशिखा घिमिरे सम्मानित हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Tags: #साहित्य

सम्बन्धित समाचार

बुढीखोला पूर्वी किनार सुन्दरहरैँचामा घाट बन्ने निश्चित, चैत्र ८ देखि श्रीमदभागवत पाठको तयारी
समाचार

बुढीखोला पूर्वी किनार सुन्दरहरैँचामा घाट बन्ने निश्चित, चैत्र ८ देखि श्रीमदभागवत पाठको तयारी

by टाकुरा न्युज । इटहरी
बिहिबार, फाल्गुन २०, २०७७
0

इटहरी : इटहरी ४ बुढीखोलाको पूर्वी किनारमा घाट बन्ने निश्चित भएको छ । सुन्दरहरैँचा ५ मा पर्ने उक्त किनारमा घाट...

Read more
मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

बिहिबार, फाल्गुन २०, २०७७
युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

बिहिबार, फाल्गुन २०, २०७७
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

इटहरीमा फागुन २३ गतेदेखि यी १२ वटा खोप केन्द्रमा खोप लगाइने (सूचिसहित)

बिहिबार, फाल्गुन २०, २०७७
सुनचाँदीको मूल्य स्थिर

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

बिहिबार, फाल्गुन २०, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बुढीखोला पूर्वी किनार सुन्दरहरैँचामा घाट बन्ने निश्चित, चैत्र ८ देखि श्रीमदभागवत पाठको तयारी

बुढीखोला पूर्वी किनार सुन्दरहरैँचामा घाट बन्ने निश्चित, चैत्र ८ देखि श्रीमदभागवत पाठको तयारी

बिहिबार, फाल्गुन २०, २०७७
मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

बिहिबार, फाल्गुन २०, २०७७
युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

बिहिबार, फाल्गुन २०, २०७७
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

इटहरीमा फागुन २३ गतेदेखि यी १२ वटा खोप केन्द्रमा खोप लगाइने (सूचिसहित)

बिहिबार, फाल्गुन २०, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5374 shares
    Share 2150 Tweet 1344
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3700 shares
    Share 1480 Tweet 925
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3593 shares
    Share 1437 Tweet 898
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3527 shares
    Share 1411 Tweet 882
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3279 shares
    Share 1312 Tweet 820
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana