इटहरी : इटहरीका फुटबल खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ ।
इटहरी १ मा रहेर खेल क्षेत्रमा रुची राख्ने ११ जना फुटबल खेलाडीहरुलाई शनिबार जर्सी वितरण गरिएको हो ।
इटहरीको सोसियल रिकन्ड्रक्सन फाउन्डेशनका अध्यक्ष तथा युवा अभियन्ता राम निरौलाका अनुसार खेल क्षेत्रमा युवाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले जर्सी वितरण गरिएको हो ।
युवाहरु राम निरौला, लक्ष्मण दाहाल, कृष्ण लिम्बू, आयुष खतिवडा, सञ्जय बुढाथोकी लगायतका युवाहरुले खेलाडीहरुलाई संयुक्त रुपमा जर्सी वितरण गरेका थिए ।
Discussion about this post