शास्त्रीय सङ्गीतका अग्रज साधक तथा गायक गुरुदेव कामत इटहरी बस्न थालेका छन् । कामतले इटहरी उपमहानगरपालिका नजिकै ‘गुरु सङ्गीत पाठशाला’ समेत स्थापना गरेका छन् ।
सिरहा लक्ष्मीपुर–पतारी, पोखरभिन्डा घर भएका कामतको काठमाडौँबाहिर यो पहिलो संस्थागत उपस्थिति हो । २०४५ माघमा सिनेमाको ‘प्ले–ब्याक सिङ्गर’ बन्ने धोकोको पोको बोकेर काठमाडौँ छिरेका कामत २०७७ मङ्सिर अर्थात् ३२ वर्षपछि ‘वरिष्ठ शास्त्रीय सङ्गीतसाधक’ भएर बाहिरएका छन् ।
मङ्सिर ३० गतेदेखि इटहरी बस्न थालेका कामतले २०४७ सालमा पहिलोपल्ट प्रतिस्पर्धाका लागि रेडियो नेपाल परिसर छिर्दाको समय सम्झदैँ भने, ‘मनमा अनेकन डर थियो, निर्णायकहरू कोही मधेसी मूलका थिएनन् । मलाई पक्कै रुचाउँदैनन् भन्ने थियो । तरपनि शास्त्रीय गायन र आधुनिक गायन गरी दुवैको पुरस्कार जितेँ ।’
Discussion about this post