इटहरी : इटहरी ५ मा रहेको काव्यवाटिका नमास्न, यसलाई कृति र प्रकृतिकै तीर्थस्थलका रूपमा विकास गर्न इटहरी स्रष्टा तथा सरोकारवालाहरूले मंगलबार मेयर द्धारिकलाल चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
इटहरी साहित्यिक समूह तथा स्वतन्त्र समूह इटहरीका तर्फबाट मेयर चौधरीलाई काव्यवाटिकाको अस्तित्व मेट्न नहुने तर्क राख्दै ध्यानाकर्षण पत्र बुझाइएको हो ।
इटहरी साहित्यिक समूहका अध्यक्ष श्रीप्रसाद पोखरेल तथा स्वतन्त्र समूहका अध्यक्ष नगेन्द्रबहादुर कटुवालले उपमहानगर प्रमुख द्वारिकलाल चौधरीलाई ध्यानाकर्षण गराउँदै काव्यवाटिकाको अस्तित्व धरापमा परेकाले यसको संरक्षणमा जुट्न अपिल गरे ।
जनप्रतिनिधिकै संलग्नतामा यहाँका रुखहरु काटिनु अपराध सो सरह हुने उनीहरुको भनाइ थियो ।

कला, साहित्य र संस्कृतिको धरोहर काव्यवाटिका स्थानीय सरकारको अगुवाइमा अतिक्रमण हुन लागेकोप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘समाज तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने आधिकारिक निकायबाटै सरोकारवाला पक्षको सहमतिबिना हुनलागेको कला, साहित्य, संस्कृतिजस्ता सामाजिक सम्पत्ति नष्ट वा अतिक्रमण गर्ने क्रम रोक्न ध्यानाकर्षण गराउँछौँ ।’
ज्ञापन–पत्र बुझ्दै नगरप्रमुख चौधरीले अन्त कतै उपयुक्त ठाउँ नभेटेर काव्यवाटिकामै वडा कार्यालय बनाउन लागेको प्रतिक्रिया दिए ।
यो पनि – काव्यबाटिका विवाद उत्कर्षमा, सुविद गुरागाईको संयोजकत्वमा संरक्षण सरोकार समूह गठन
Discussion about this post