तिमी बिस्तारै मर्दै जान्छौ
यदि तिमीले यात्रा गर्दैनौ भने
यदि तिमीले पढ्दैनौ भने
यदि तिमीले जिन्दगीका आवाजहरू सुन्दैनौ भने
यदि तिमी स्वयंमलाई प्रशंसा गर्दैनौ भने
तिमी बिस्तारै मर्दै जान्छौ
जब तिमीले आँफू भित्रको आत्मसम्मान मार्छौ
जब तिम्रो लागि गरिएको सहयोग अस्वीकार गर्छौ
तिमी बिस्तारै मर्दै जान्छौ
यदि तिमी आफ्नो आचरणको दास बन्छौ भने
दैनिक एउटै पथमा हिड्छौ र आफ्नो दिनचर्या बदल्दैनौ भने
यदि तिमीले रङ्गीविरङ्गी वस्त्र पहिरिन्नौ वा अन्जान मान्छेसँग वार्तालाप गर्दैनौ भने
तिमी बिस्तारै मर्दै जान्छौ
यदि तिमीले छोड्यौ भने अनुभव गर्न अनुराग र अशान्त भावना
त्यो जसले तिम्रो आँखामा चमक ल्याउछ र मुटुको स्पन्दन बढाउँछ
तिमी बिस्तारै मर्दै जान्छौ
यदि तिमीले आफ्नो जागीर, प्रेम वा वरिपरिको असन्तुष्टिबाट पनि आफ्नो जीवनको बाटो परिवर्तन गरेनौ भने
यदि तिमीले अनिश्चित सुरक्षाको लागि जोखिम उठाउन सकेनौ भने
यदि आफ्नो सपनाको पछाडि दौडिएनौ भने
यदि आफँैलाई अनुमती दिएनौ भने
कमसेकम एकचोटि आफ्नो जीवनकालमा
समझदार निर्णयबाट टाढा भाग्नलाई
तिमी बिस्तारै मर्दै जान्छौ ।
(जन्म : सन् १९०४।१२ जुलाई
मृत्यु : सन् १९७३।२३ सेप्टेम्बर)
अनुवाद : जनक कार्की
Discussion about this post