Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
इटहरी : दलित महिला केन्द्र नेपाल र अन्तर्राष्ट्रिय निर्वाचन प्रणाली संघको स्वामित्वमा सुनसरीको इनरुवामा ४ दिने महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
जनवरीबाट सुरु भएको तालिम डिसेम्बर महिनासम्म चार भागमा बिभाजन गरेर आयोजना भइरहेको प्रशिक्षक मोहन तिम्सिनाले जानकारी दिए । उनका अनुसार पहिलो चरणको तालिममा आत्मबिश्वास बढाउने तालिम रहने छ ।
इनरुवाका १०, धरानका २० , रामधुनीका ९, दुहबीका १२ र भोक्राहाका १२ गरी जम्मा ६३ वटा वडाका एक सय २० महिला जनप्रतिनिधिलाई तालिम दिइने छ ।
धरान र भोक्राहामा भने तालिम सम्पन्न भइसकेको उनले बताए । तालिममा महिला जनप्रतिनिधिले सहायक भूमिका निभाउनु परेको, कामको प्रोत्साहन नपाएको, सबै ठाउँमा समान अधिकार नपाएको, भेदभाव सहनुपरेको, योजना तथा काम कार्यन्यनको पूर्ण जानकारी नपाएको जस्ता गुनासो राखेका थिए ।
Discussion about this post