NOTICE
प्रविण मृत्यु प्रकरण : इन्स्पेक्टर उद्धव पोखरेल सहित चार आरोपी अनुसन्धानमा तानिए - टाकुरा न्युज
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home समाचार

प्रविण मृत्यु प्रकरण : इन्स्पेक्टर उद्धव पोखरेल सहित चार आरोपी अनुसन्धानमा तानिए

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
मङ्लबार, फाल्गुन ११, २०७७
0
प्रविण मृत्यु प्रकरण : इन्स्पेक्टर उद्धव पोखरेल सहित चार आरोपी अनुसन्धानमा तानिए
111
SHARES
Share on FacebookShare on Twitter

मोरङ । मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रेल नै प्रहरीको अनुसन्धानमा तानिएका छन् । गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सुत्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अस्पतालमा मृत रहेको खवर परिवारले पाएको थियो ।

साथीहरुसँगै खानपिन गरेर सँगै गएका बास्तोलाको रहस्यमय मृत्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु उर्लाबारी ६ का ३१ वर्षीय राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी र दिपेश पौडेललाई प्रतिवादी बनाएर कार्वाही अगाडि बढाएको थियो ।

तर सरकारी वकिलको कार्यालयले भने प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मुद्दा चलाउनु नपर्ने भन्दै फर्काएको थियो ।

प्रहरीले तीन जनालाई पक्राउ गर्दै घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै माघ २ गते उनीहरुलाई हाजिरी जमानीमा छाडिदिएको थियो ।

तर उनीहरुलाई छाडिएको एक महिना पनि बित्न नपाउँदै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलको अनुसन्धान प्रक्रियामा नै त्रुटि रहेको आफन्तले फेला परेपछि पोख्रेलसहित राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी, दिपेश पौडेल र मेहरमान दर्जी पुनः अनुसन्धानको दायरामा परेका छन् ।

यसरी व्युँतियो बास्कोटा मृत्यु प्रकरण
गत आइतबार मृतकका परिवार र केही स्थानीयको अगुवाईमा अनुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृतक बास्तोलाको मिसिल फाइल देखाउने क्रममा मिसिलमा मृतक बास्तोलाको फोटो हुनु पर्नेमा अन्य असम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घटनाको अनुसन्धानमा लापरवाही गरेको तथ्य सार्वजनिक भएको हो ।

प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीय आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । मिसिलमा झट्ट हेर्दा मृतक बास्तोला जस्तै देखिने अन्य व्यक्तिको फोटोसहित तीन वटा फोटो समावेश गरिएको छ ।

जहाँ मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको छ । मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री नभएको र प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तले दाबी गरेका छन् । फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाएपछि आरोपीहरुलाई मुद्दा नचलाएको मृतक प्रविणका बुबा प्रेम बास्तोलाले बताए ।

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै उर्लाबारीस्थित आइतबार दिनभर प्रदर्शन गरेका आफन्त र स्थानीयले सोमबार पनि इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि प्रदर्शन गरे पनि अनुसन्धान प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने सहमति हुन सकेन ।

बरु उल्टै प्रहरीले झनै दवाब सृजना गरेको भन्दै न्यायको माग गर्न मंगलबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ जाने तय भएको मृतककी बहिनी दुर्गा बास्तोलाले बताइन् ।

प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको परिवार र स्थानीयको आरोप छ । पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै बास्तोला परिवार सडकमा आउनु परेको स्थानीयको भनाइ छ ।

मृतक बास्तोलाको परिवार भने आइतबारदेखि प्रहरी निरीक्षक पोख्रेलको राजीनामा, आरोपीहरुलाई कार्वाहीको माग र मृतक प्रविणको न्यायका लागि संघर्षरत रहँदै आएको छ ।

डीएसपीको नेतृत्वमा छानविन समिति
अनुसन्धान प्रतिवेदनमा फोटो परिवर्तन भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले मिसिलमा राखिएको तीनमध्ये एउटा फोटो बेग्लै परेको देखिएपछि तत्काल परिवर्तन गरी छानविनका लागि टोली बनाइएको बताए ।

तथ्यमा फरक पर्ने गरी प्रमाण संकलन गरेको घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान भएको देखिए कारवाही गरिने उनले बताए ।

यो पनि – उर्लाबारीमा प्रविनको मृत्यु भएको घटना अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै परिवारको आक्रोश

हाम्राकुराबाट ।

Tags: #मोरङ

सम्बन्धित समाचार

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ
समाचार

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

by टाकुरा न्युज । इटहरी
बिहिबार, फाल्गुन २०, २०७७
0

झापा :  मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी छन् । झापा गौरीगञ्ज–६ की...

Read more
युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

बिहिबार, फाल्गुन २०, २०७७
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

इटहरीमा फागुन २३ गतेदेखि यी १२ वटा खोप केन्द्रमा खोप लगाइने (सूचिसहित)

बिहिबार, फाल्गुन २०, २०७७
सुनचाँदीको मूल्य स्थिर

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

बिहिबार, फाल्गुन २०, २०७७
सुनसरीका ८ जनासहित १४ जना नक्कली परीक्षार्थी पक्राउ

त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने

बिहिबार, फाल्गुन २०, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

बिहिबार, फाल्गुन २०, २०७७
युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

बिहिबार, फाल्गुन २०, २०७७
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

इटहरीमा फागुन २३ गतेदेखि यी १२ वटा खोप केन्द्रमा खोप लगाइने (सूचिसहित)

बिहिबार, फाल्गुन २०, २०७७
सुनचाँदीको मूल्य स्थिर

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

बिहिबार, फाल्गुन २०, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5374 shares
    Share 2150 Tweet 1344
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3700 shares
    Share 1480 Tweet 925
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3593 shares
    Share 1437 Tweet 898
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3526 shares
    Share 1410 Tweet 882
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3279 shares
    Share 1312 Tweet 820
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana