Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
Notice: Undefined offset: 1 in /home/takurane/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86
इटहरी : न्यूजेनेरेसन क्लबद्वारा आयोजित दोस्रो न्यू जेनेरेसन च्यालेन्ज कप २०७७ फुटबल प्रतियोगितामा इटहरीको शान्तिनगर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा शान्तिनगर फुटबल क्लब इटहरी र ग्रीन कल्चरल क्लब चक्रघट्टीबीच भएको प्रतिस्पर्धामक खेलमा ग्रीन कल्चरल क्लब चक्रघट्टीलाई २ विरुद्ध ३ गोलले पाखा लगाउँदै शान्तिनगर फुटबल क्लब इटहरी सेमिफाइनलको यात्रा तय गरेको हो ।
शान्तिनगरा फुटबल क्लबका किरण राईले खेलको पहिलो हाफको २० मिनेटमा गोल गर्दै खाता खोलेका थिए । पहिलो हाप सम्म १-० हुदै दोस्रो हाफमा शान्तिनगरका अवस राईले खेलको ८ मिनेट गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । पुन: शान्तिनगर फुटबल क्लबका सुवास तामाङले खेलको १९ मिनेटमा थप गोल गर्दै खेललाई अग्रता दिएका थिए।
यता कल्चरल ग्रीन क्लबले खेलको २७ मिनेटमा दिनेश राईको पासलाई रबिन राईले गोल फर्काएका थिए भने खेलको अन्तिम २९ मिनेटमा अनिस लिम्बूले गोल गरे ।
प्रतियोगितामा बिजेताले ५१ हजार १ सय ११ रुपैंया ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले ट्रफी, प्रमाणपत्रसँगै ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अजित राजधामीले जानकारी दिए ।
Discussion about this post