इटहरी (डेस्क) : मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका एक जना आरोपी पूर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत मोरङले पक्राउ परेका २ जना आरोपी मध्ये एकजनालाई कारागार चलान गरेको हो भने अर्का आरोपीलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
श्रेस्तेदार राजकुमार दाहालका अनुसार २९ वर्षीय मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै, अर्का आरोपी ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको दाहालले बताए ।
प्रविणको गत पुस ५ गते शंकास्पद अवस्थामा शव फेला परेको थियो । उनको हत्या आरोपमा प्रहरीले ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । ती मध्ये मेहरमान र कुमार पक्राउ परेका थिए भने अन्य फरार छन् ।
प्रहरीका अनुसार फरार हुनेमा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरी छन् ।
मृतकका बहिनीले दाजुको हत्यामा संलग्नहरुलाई प्रहरीले नै जोगाएको साथै मिसिलमा फोटो परिवर्तन गरेको भन्दै सामाजिक सञ्जालमार्फत लाइभ गरेपछि यो घटना उत्कर्षमा पुगेको थियो ।
यो पनि – प्रवीण मृत्यु घटनामा ६ जनाविरूद्ध ‘कर्तव्य ज्यान’ मुद्दा मोरङ जिल्ला अदालतमा अभियोग दर्ता
यो पनि – प्रवीण मृत्युबारे मोरङ प्रहरीले भन्यो – “प्रहरीले कीर्ते कागज बनाउन सक्दैन”
यो पनि – प्रविण मृत्यु प्रकरण : इन्स्पेक्टर उद्धव पोखरेल सहित चार आरोपी अनुसन्धानमा तानिए
Discussion about this post