झापा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ वर्षीय दिलीप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज अपराह्न पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ क १६८४ नम्बरको ट्रकले सुरुमा प्रदेश १ ००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १ ०१ ०१३ प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।घाइते मध्ये मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका १६ का दिलीप क्षेत्रीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post