इटहरी : युनिटी अफ ट्याटो लभर इटहरी २० द्वारा इटहरी तथा रामधुनीका विभिन्न विद्यालयमा स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ ।
क्लबका अध्यक्ष हिमाल राई, उपाध्यक्ष लोचन धामी, कोषाध्यक्ष नौराज राई, सचिव मनोज पोखरेल र उप-सचिव विशु राई लगायतले इटहरी र रामधुनीका विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।
इटहरी २० मा रहेको जनसहयोग माध्यमिक विद्यालयमा चार बन्डल मास्क तथा एक थान सेनिटाइजर, केचना महादेव माध्यमिक विद्यालय इटहरी ४ मा पाँच बन्डल मास्क तथा एक थान सेनिटाइजर, बहुभाषि प्रावि इटहरी २० मा पाँच बन्डल मास्क तथा एक थान सेनिटाइजर, रामधुनी ७ पन्चायनमा रहेको प्रहरी बिटमा १ बन्डल मास्क तथा एक थान सेनिटाइजर, रामधुनी ७ मै रहेको इलिपेन बोर्डिङ स्कुलमा ४ थान मास्क तथा एक थान सेनिटाइजर सहयोग स्वरुप उपलब्ध गराइएको हो ।
त्यस्तै, रामधुनी विद्या मन्दिरमा १ बन्डल मास्क र एक थान सेनिटाइजर, पन्चायन माध्यमिक विद्यालयमा ४ बन्डल मास्क तथा एक थान सेनिटाइजर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष हिमाल राईले बताए ।
Discussion about this post