धरान : धरान १३ भृकुटी पथ बस्ने ३३ वर्षीय चेतबहादुर मगरलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको डाइजेल्याब १० ऐम्पुल, फेनरगन–२३ ऐम्पुल, एभिल १३ ऐम्पुल र लुपिजेसिक ११ ऐम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post