इटहरी (डेस्क) : मोरङको सुन्दरहरैँचा नगरपालिका ३ का २० वर्षीय अजित चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।
गएराती ९ बजे सोही स्थानमा प्रदेश १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार अजित घाइते भएका थिए ।
घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थान बस्ने ३१ वर्षीय देव कुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post