आजदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ।
कम्पनीले आइतबारदेखि आइपिओमा आवेदन खोल्ने भने पनि सिडिएस एण्ड क्लियरिङको आग्रहपछि आजदेखि नै बिक्री खुल्ला गरिएको छ।
कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो।
अंकित मूल्य १ सयका दरले ६६ लाख कित्ता सेयर जारी हुनेछ । जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।
आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। पछिल्लो समय आइपिओ भर्नेको संख्या १५ लाख नाघ्ने गरेको छ, यस हिसावमा यो कम्पनीमा आवेदन दिनेमध्ये ९ लाख भन्दा धेरैको हात रित्तो हुनेछ। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। फागुन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ।
मेरो सेयरबाट कसरी दिने आवेदन ?
मेरोसेयर डट् सिडिएससी डट् एनपी खुलिसकेपछि डिपोजिटरी पार्टिसिपेन्टमा आफ्नो डिम्याट खाता भएको संस्था छनौट गर्नुस्।
युजरनेम र पासवर्ड राखेर लगइन गर्नुस्। त्यसपछि बायाँतर्फ रहेको ‘माइ आस्बा’मा क्लिक गर्नुस्। ुअप्लाई फर इस्युुमा जानुस् र ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ छनौट गर्नुस्।
ज्योति लाइफ इन्स्योरेन्स आइपिओ अप्लाईमा क्लिक गरी त्यहाँ दिएको फारम भर्नुस्। बिओआइडी नम्वर, खाता भएको आफ्नो बैंकको नाम, शाखा, खाता नम्वर, आवेदन दिने कित्ता, आवेदन दिने रकम, सिआरएन नम्वर राखेपछि ‘प्रोसिड’मा गई अगाडि बढ्नुस्।
त्यसपछि चार वटा नम्बरको पिन नम्वर राखेर ुसबमिटु गर्नुस्। यदि तपाई नयाँ हुनुहुन्छ भने नयाँ पिन नम्वर बनाएर सबमिट गर्नुस्।
Discussion about this post