इटहरी : इटहरीमा लैङ्गिक हिंसा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सबै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था गरिएको छ ।
विद्यालयका शिक्षिका,शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क व्यक्ति तोकिएको हो । इटहरीमा रहेका ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्ति रहेका छन् ।
उनीहरुले विद्यालय तथा आसपासको समुदायसँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन ।
हिंसाबाट जोगिन के गर्नुपर्छ ? हिंसा भइहाले के गर्ने ? भन्ने विषयमा उनीहरूले विद्यालयमा सचेतनामूलक कक्षा सञ्चालन गर्नेछन । सामुदायिक विद्यालयहरूमा तोकिएका लैङ्गिक सम्पर्क ब्यक्तिका लागि उपमहानगरले अभिमुखीकरण सम्पन्न गरेको छ ।
Discussion about this post