तरहरा : चारकोशे झाडीमा सडिएको अवस्थामा शव फेला परेको छ ।
धरान ८ तीनकुने देखी केहि तल रहको पानिट्यांकी नजिकै सडिएर सुकिसकेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख, डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार आज बिहान वन हेरालुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव पूर्ण रूपमा सडिएकोले महिला वा पुरूष भन्ने छुट्याउन नसकिएको भएपनि लगाएको कपडाका आधारमा पुरूष हुनसक्ने उनले जानकारी दिए ।
Discussion about this post