इटहरी (डेस्क) : उर्लाबारी-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उर्लाबारी ६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिका ९ का ३१ वर्षीय दीपेश पौडेल रहेका छन्।
दुबैलाई प्रहरीले भैरहवाबाट शुक्रबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताए।
पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको उनले बताए।
बाँस्तोला प्रकरणमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका १० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई पक्राउ गरिसकेको छ।
यसैबीच, ईलाका प्रहरी कार्यालय उर्लाबारीका तत्कालीन प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।
प्रवीण प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै पोखरेलको विरोध भएको थियो। प्रहरी निरीक्षक पोखरेललाई बयानका लागि जिल्लामा बोलाइएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।
Discussion about this post