इटहरी : सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
एम्बुलेन्सको ठक्करबाट घाइते भएकी दुहबी नगरपालिका ८ की ६५ वर्षीया जगबती चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२ च ३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
उनको उपचारको क्रममा राती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post