इटहरी : इटहरीमा आज हिपहप फेस्टिबल हुने भएको छ ।
इटहरी जेसीजको आयोजनामा पहिलो पटक इम्पेरियल लाउन्जमा हिपहप फेस्टिबल हुने भएको हो ।
देशभरबाट र्यापरहरुको उपस्थिति रहने कार्यक्रमको मुख्य आकर्षण युनिक पोइटको रहने इटहरी जेसीजले जनाएको छ ।
नेपालमा करीब एक दशक अगाडि र्याप ब्याटलको शुरूवात यम बुद्धले गरेका थिए । पछिल्लो पुस्तामा लोकप्रिय बन्दै गईरहेको हिपहप शब्दलाई सभ्य र सुसंस्कृत रुपमा अघि बढाउन फेस्टिभल आयोजना गरिएको जानकारी इटहरी जेसीजका अध्यक्ष प्रकाश राईले दिए ।
आज शनिबार दिउँसो २ बजेदेखि इम्पेरियल लाउन्जमा हुने कार्यक्रममा ग्रर्याफिटि आर्ट, बिटबक्स , बि- बोइङ , डिजे, र्याप हिपहपको सबै तत्वहरुलाई यस हिपहप फेस्टिबलमा समेटिएको र समाजमा हिपहप शब्द भन्ने बित्तिकै ट्यापे संगीत र आवारा हरुको समूह हो भन्ने आम बुझाईलाई चिर्दै हिपहप पनि युवापुस्तामा रहेको लोकप्रिय संस्कृति हो भन्ने प्रष्ट पार्न कार्यक्रमले मद्दत पुर्याउने दाबी आयोजकको छ ।
Discussion about this post