चतरा : बराहक्षेत्र नगरपालिकाको सातौँ नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् ।
नेपाली कांग्रेस नगर कार्यसमिति बराहक्षेत्रको ह्वीप अनुसार बिहान सम्पन्न नगरकार्यपालिका सदस्यको बैठक समेत बहिस्कार गरेका थिए ।
वडा नं. ३ का वडाध्यक्ष सहित १२ जना जनप्रतिनिधिहरुले नगरसभा लिखित असन्तुष्ट पत्र बुझाउँदै बहिस्कार गरेका थिए ।
साढे ३ वर्षको नगरपालिका सञ्चालनमा मेयर निलम खनालले एकलौटी निर्णय गर्देे काम गरेको, ढेक्का पट्टा, टेन्डरमा सेटिङ्ग गरि कार्यकर्ता रिजाउने गरेको, विकास निर्माणमा एकलौटी गरि राजनैतिक पूर्वाग्रह र मिलेमतो गरि आर्थिक अपचलन गरेको भन्दै चार बुदे असन्तुष्ट पत्र मेयर खनाललाई बुझाएका थिए ।
नगरसभा सुरु हुनासाथ नगर सभाध्यक्ष मेयर निलम खनालसँग बोल्न समय लिदैँ वराहक्षेत्र नगर सभाका प्रमुख प्रतिपक्षका नेता समेत रहेका वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले २ पाना लामो असन्तुष्ट पत्र वाचन गरेका थिए ।
Discussion about this post