विराटनगर : भारततर्फ तस्करी गर्न लागेको डिजेल र ट्यांकरसहित प्रहरीले विराटनगरबाट २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले डिजेल लोड गरिरहेको को १ ख ५९१२ नम्बरको ट्यांकरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको अररिया मिरगञ्जका २६ वर्षीय मेहमद सजाद र २१ वर्षीय इमरोज आलम रहेका छन् ।
शुक्रबार दिउँसो २० हजार लिटर पेट्रोल लिन आएको उक्त ट्यांकरलाई बेलुका डिलरहरुमा पठाइएको आयल निगमले जनाएको छ ।
शनिबार बिहान आयल निगम प्रवेश गरेपछि ट्यांकर लक गर्ने क्रममा डिजेल भेटिएको थियो । प्रहरीका अनुसार ट्याङ्करको २ नम्बर च्याम्बरमा २ हजार ६६० लिटर डिजेल भेटिएको थियो ।
निगमले तस्करी हुन नदिन भारतको बरौनीबाट लोड भएको र विराटनगरबाट इन्धन लिन बरौनी जाने ट्याङ्करमा लक लगाउने गरेको छ ।
Discussion about this post