धरान : नेपाल तरुण दल सुनसरीले नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार धरानमा आयोजित कार्यक्रममा आएका सभापति देउवालाई तरुण दल सुनसरीका सभापति सिजन गुरुङले ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो समय कम्युनिष्ट नेतृत्वको सरकारले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई योजनाबद्ध ढंगले बदनाम गराउने उदेश्यले झुटो मुद्धामा षड्यन्त्र गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
‘पार्टीका उपसभापति विजयकुमार गच्छदारको योगदानलाई धुमिल बनाउँदै वहाँको राजनीतक भविष्य समेत समाप्त पार्ने षड्यन्त्र गरी ललिता निवास प्रकरणमा जोडेर पूर्वाग्रही ढंगले भ्रष्टाचार प्रकरणमा मुछेर मुद्धा चलाउनु आपत्तीजनक छ,’ विज्ञप्तीमा भनिएको छ, ‘तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई चोख्याउने जग्गा खरिदमा संलग्न बहालवाला अर्थमन्त्री विष्णु पौडेललाई पुरस्कृत गरिनुले आपत्तीजनक छ ।’
उक्त विज्ञप्ती बुझ्दै देउवाले कम्युनिष्टको खोल ओढेर कांग्रेस नेता कार्यकर्तामाथि प्रहरी प्रशासनले गरेको ज्यादतिबिरुद्ध आफूहरुले कुनै पनि हालतमा नछाड्ने बताएका थिए ।
Discussion about this post