इटहरी : तेक्वान्दो खेललाई प्रबर्द्धन गर्ने उदेश्यल्स इटहरीमा तेक्वान्दो संघ गठन गरिएको छ ।
संघको एघार सदस्यीय इटहरी उपमहानगर समिति गठन गरिएको हो । इटहरीस्थित होटल मामाश्रीको सभाहलमा भएको खेल प्रेमी, समाजसेवी र खेलाडीहरु लगायत केन्द्रीय समिति पदाधिकारी हरुको भेलाले तेक्वान्दो संघ, इटहरी गठन गरेको हो ।
नवगठित कार्यसमितिको अध्यक्षमा यूस्टल दाहाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा प्रतीक घिमिरे, सचिवमा सन्जोग तामाङ, सह-सचिवमा अभिनास सापकोटा र कोषाध्यक्षमा डीना श्रेष्ठ चयन भएका छन् ।
तेक्वान्दो खेललाई लोप हुन नदिन आगामी दिनमा खेलाडीहरुलाई प्रोत्साहन गरिने नवगठित कार्यसमितिले जनाएको छ ।
Discussion about this post