धरान : धरानको होराइजन क्लबद्वारा आयोजित चार दिने पाँचौं राष्ट्रिय होराइजन बास्केटबल प्रतियोगिताका आइतबार सम्पन्न दुई खेलमा काठमाडौंको आर्मी क्लब र धरानको इमोर्टल बास्केटबल क्लब सेमीफाइनलमा पुगेका छन् ।
धरान–१७ स्थित श्रीमाविको गोर्खा भूपूसैनिक बास्केटबल कोर्टमा भएको पहिलो खेलमा इमोर्टलले धरानकै युवा जगृती बास्केटबल क्लबविरुद्ध ८१–६१ स्कोरले पराजित गरेको थियो ।
प्रत्येक क्वाटरमा दुवै टिमले १७–१७, १५–१६, २३–११ र २६–१७ अंक जोडेका थिए । खेलमा युवा जागृत्तीका सुजन लिम्बूले व्यक्तिगत २७ स्कोर गर्दै नगद १५ सय रुपैयाँको सेन्ट जोसेफ मस्ट भ्यालुएबल प्लेयर पुरस्कार पाए ।
यसैगरी दोश्रो खेलमा काठमाण्डौको आइएसए क्लबलाई १०४–४९ स्कोरले पराजित गर्दै आर्मी क्लब विजयी भयो । उक्त खेलमा आर्मी र आइएसएले २१–१३, ३१–६, ३५–१३ र १७–१७ अंक जोडेका थिए ।
सोमबारको सेमिफाइनल खेलहरु तरहरा र आर्मी तथा इमोर्टल र रुपन्देही बास्केटबल संघबीच प्रतिष्पर्धा हुनेछ ।
तस्वीरहरु : लक्ष्मण थापा । धरान ।
Discussion about this post