धरान : धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता रुपन्देहीले नगद ५० हजार रुपैयाँसहित रनर ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
धरान–१७ समाज हङकङ र टर्की नेपाली समाज अंकाराको सहयोगमा सम्पन्न पाँचौं राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलको प्रत्येक क्वार्टरमा आर्मी र रुपन्देहीले १५–१०, २०–१८, २८–११ र २८–२५ स्कोर जोडेका थिए ।
विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा र आयोजक क्लवका अध्यक्ष बसन्त राईले नगद र ट्रफि वितरण गरेका थिए ।
तस्वीरहरु : लक्ष्मण थापा । धरान ।
Discussion about this post