इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिएको जनाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्य वृद्धि गरिएको जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ ।
यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निमगले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्य गएराति १२ बजेबाट लागू भएको छ ।
मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको निगमले जनाएको छ ।
Discussion about this post